सिटिजन लाइफ इन्स्योरेन्सको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक अवार्शको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म नाफामा उल्लेख्य प्रगति गरेको छ ।

सो अवधिसम्म कम्पनीको खुद नाफा ६५.८८ प्रतिशतले बढेर २० करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १२ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६.७२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षमा ५ अर्ब ०१ करोड रुपैयाँ खुद बीमशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा आफनो खुद बीमाशुल्क आर्जन बढाएर ५ अर्ब ३५ करोड रुपैयाँ पुराएको छ ।

कम्पनीको जीवन बीमा कोष ५६.०७ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ९ अर्ब ४१ करोड रुपैयाँ जम्मा भएको छ ।

अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ६ अर्ब ०३ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष २१.५० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९ करोड पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोडको दाबी भुक्तानी भएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ६२ करोड छ । कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ५७ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *