काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार १४.८१ अकंले बढेर २०८०.८६ बिन्दुमा बन्द भएको हो ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.९१ अंकले बढेर ३९८.०७ को विन्दुमा उक्लिएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। २७१ कम्पनीको ९७ लाख ८१ हजार ७५४ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँको कारोबार भएको छ ।
आज दई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आइतबार थ्रिस्टार हाइड्रोपावर र अप्पर स्याङे्ग हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथै, माउन्टेन इनर्जि नेपालको ९.७४ प्रतिशत, सिद्धार्थ प्रिमियम इन्स्सयोरेन्सको ८.६० प्रतिशत, गणपति लघुवित्तको ५.३४ प्रतिशतले सेयर मैल्य बढेको छ ।
त्यसैगरी, निर्जीवन बीमा समूह सर्वाधिक २.२१ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.८७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.०७ प्रतिशत, विकास बैंक समूहमा ०.५५ प्रतिशत, जलविद्युत समूहमा ०.८२ प्रतिशत, लगानी समूहमा ०.४१ प्रतिशत, जीवन बीमा समूहमा ०.५१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०१ प्रतिशत र व्यापार समूह ०.०८ अंकको बढोत्तरी भएको छ।
आज आज लघुवित्त समूह सर्वाधिक ०.३५ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.१८ प्रतिशतले घट्दा वित्त समूहमा ०.०७ प्रतिशत र अन्य समूहमा ०.०१ प्रतिशतको गिरावट आएको छ।
नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक ५८ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
साथै, घोराही सिमेन्टको २३ करोड १५ लाख रुपैयाँ, सोल्टी होटेलको १४ करोड ५२ लाख रुपैयाँ, माउन्टेन इनर्जीको ११ करोड ७३ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको १० करोड ६१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ८ करोड रुपैयाँ, ज्योति विकास बैंकको ६ करोड ६९ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ४० लाख रुपैयाँ, एभरेस्ट बैंकको ४ करोड ९४ लाख रुपैयाँ र सानिमा बैंकको ४ करोड ९३ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।




