अर्थ सन्जाल
१७ आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

शाल्ट ट्रेडिङमा चरम भ्रष्टाचार,उपभोक्ता संरक्षण महासंघका अध्यक्ष भन्छन्,-‘बिषादीयुक्त नुन खुवाईयो’

  • अर्थ सन्जाल
  • २७ श्रावण २०८०, शनिबार १०:००


काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदले शाल्ट ट्रेडिङ कर्पोरेसनमा भ्रष्टाचार ब्याप्त रहेको बताएका छन् । संस्थाको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महासंघले  शुक्रबार उपभोक्ताका समस्याहरू, मुल्यवृद्धि नियत्रणलगायतका मागहरू राखेर गरिएको पत्रकार सम्मेलनमा उपभोक्ताका समस्याहरू, मूल्य बृद्धी नियन्त्रणलगायतका मागहरू सरकारसँग राखेको छ ।

नेपाली उपभोक्ता संरक्षण महासंघका उपाध्यक्ष अर्जुन श्रेष्ठले कालोबजारी नगरिकन कुनै कामै हुँदैन भन्ने कुरा बजारमा छ्यापछ्याप्ती रहेको र त्यसको नियन्त्रणका लागि आफूहरूलाई सबैको सहयोग चाहिने बताए । उनले संस्थाले जादुमय तरिकाले नभइ बिस्तारैबिस्तारै परिवर्तन गर्ने दाबी गरे ।

केन्द्रीय अध्यक्ष चन्द्र साउदले नेपालीहरूले स्वस्थ्य खाना खान पाउनुपर्ने र स्वस्थ्य प्रतिष्पर्धा गर्न पाउनुपर्ने बताउँदै देशमा भ्रष्टाचार र कालोबजारी निर्मुल हुनुपर्ने बताएका छन् । आम उपभोक्तहरूको हक अधिकार सुनिश्चित हुनुपर्छ भनेर २ वर्ष अगाडि संस्था स्थापना गरेको बताउँदै भने,‘ भ्रष्टाचारीहरू जेलमा हुनुपर्छ, कालोबजारी गर्नेहरू जेलमा हुनुपर्छ । काम गर्ने श्रमिकहरूले काम गर्न पाउनुपर्छ, खाना खान पाउनुपर्छ । शिक्षा, स्वास्थ्यको ग्यारेन्टी हुनुपर्छ ।’

नेपालका आम उपभोक्ताहरूको न्याय र हकअधिकारका लागि संस्था स्थापना गरेको उनले बताए । उनले संसदमा दुई महिनादेखि भैँसी र सुनको कुरा मात्रै भइरहेको र देशको संसद भैँसी र सुनको लागि मात्रै स्थापना भएको हो ? भन्दै प्रश्न गरे । उनले भने, ‘हामीले ती जनप्रतिनिधिहरूलाई भैँसी र सुनको कुरा गर्नमात्रै त्यहाँ पठाएका हौँ र ? अरू समस्याहरू देशमा छैनन् । कृषकको समस्या के छ ? आम उपभोक्ताहरूको समस्या के छ ? आम विद्यार्थीको समस्या के छ ? त्यो हेर्नुपर्छ ।’

उनले देशमा कसले के काम गर्छ त्यसको हिसाबै नहुने गरेको आरोप लगाए । उनले प्रधानमन्त्री तथा मन्त्रीहरूले आफूहरूलाई समय नदिएको भन्दै कार्यक्रममार्फत नै आफ्ना मागहरू सुनाउन बाध्य भएको बताए । उनले कालोबजारी, सुन तस्करहरूलाई कारवाही भएको हेर्न चाहेको बताए । उनले अधिकारसम्पन्न उपभोक्ता समिति र उपभोक्ता मन्त्रालय गठन हुनुपर्ने माग गरे । सर्वोच्च अदालतले उपभोक्ता अदालत गठन गर भने आदेश दिएको तर सरकारले नमानेको उनले बताए । उनले साल्ट ट्रेडिङले खुवाएको नुनमा पनि विषादी र भ्रष्टाचार भएको आरोप लगाए ।

अधिवक्ता विष्णु गिरीले नेपाली उपभोक्ता संरक्षण महासंघका साँच्चिकै नेपाली उपभोक्ता हकहितका र अधिकारका लागि स्थापना भएको बताए । उनले महांसघ संगठित रूपमा उदाएको संस्था भएको बताउँदै उपभोक्ता ठगीमा परेको बेला होस् या अन्याय र अत्याचारमा परेको बेला आफ्नो कुराहरू उठाउँदै आएको दाबी गरे । उनले जबसम्म उपभोक्ताहरू सचेत हुँदैनन् तबसम्म देश समृद्धिमा जान नसक्ने दाबी पनि गरे ।

त्यस्तै उनले आफूले सेवा लिँदा आफ्नो हितका लागि छ कि छैन भनेर सोच्ने गर्नुपर्ने बताउँदै संस्थामा जोडिन सबैलाई आग्रह गरे। उपभोक्ता काजीबहादुर कार्की नेताहरूले उपभोक्ताको कुरा सुन्न सक्नुपर्ने बताएका हुन् । आफू काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार भएको बताउँदै उनले नेताहरू देश र जनताको लागि बोल्नुपर्ने बताए । उनले भने, ‘देश र जनताको निम्ती बोल्नुपर्यो । उद्योगका निम्ती बोल्नुपर्यो, कलकारखानाका लागि बोल्नु पर्यो।’ उपभोक्ताहरू अगाडि बढे पछाडिबाट संस्थाले साथ दिनका लागि उनले आग्रह गरे।

कार्यक्रममा नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउद, उपाध्यक्ष लक्ष्मी शर्मा, उपाध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अजय महतो, उपमहासचिव तथा प्रवक्ता लोमणी कार्की र अधिवक्ता विष्णु गिरीलगायतको उपस्थिति रहेको थियो ।

Artha Sanjal
मिती : २७ श्रावण २०८०, शनिबार १०:०० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.