रिलायबल नेपाल लाइफको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा निष्कासनको अन्तिम दिनसम्म १२ लाख ५५ हजार ७४७ जनाको आवेदन परेको छ।

सीडीएससीका अनुसार कम्पनीको आईपीओमा साढे १२ लाख आवेदकबाट १ करोड ५० लाख ३५ हजार ७४० कित्ताका लागि आवेदन परेको हो। यो मागभन्दा १.५६ गुणा बढी हो।

कम्पनीको आईपीओमा ३ अर्ब ८६ करोड ४१ लाख ८५ हजार १८० रुपैयाँ संकलन भएको छ।

कम्पनीले साउन २३ गतेबाट प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर सर्वसाधारणका लागि कुल ९६ लाख कित्ता आईपीओ निष्कासन गरेको हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *