काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा बुटवल पावर कम्पनीको नाफामा सामान्य गिरावट आएको छ । सो अवधिसम्म संस्थाको नाफा २.४९ प्रतिशतले घटेको हो।
आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म कम्पनीले २६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ६.५३ प्रतिशतले घटेर ७२ करोड ४४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ७७ करोड ५० लाख रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी ३ अर्ब ४० करोड रहेको कम्पनीको अन्य इक्विटीमा ३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ३ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ७.८४ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ८.४४ रुपैयाँ रहेको थियो। प्रतिसेयर नेटवर्थ २०५.१० रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ४२.१६ गुणा रहेको छ।




