काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
संस्थाको खुद नाफा ४६.४४ प्रतिशतले घटेर १२ करोड ८७ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म २४ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि ७.२६ प्रतिशतले घटेर ५० करोड २० लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ५४ करोड १४ लाख रुपैयाँ भएको थियो ।
समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ४५.८९ प्रतिशतले घटेर १८ करोड ५८ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ३४ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.३० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.६४ प्रतिशत थियो । एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ८ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ करोड ६७ लाख रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ५२ करोड ८७ लाख रुपैयाँ सञ्चित छ। संस्थाले ३ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ५२.१७ प्रतिशतले घटेर २०.८१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४३.५१ रुपैयाँ थियो । संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५०.९९ गुणा र प्रतिसेयर नेटवर्थ १८५.४३ रुपैयाँ रहेको छ।
अर्थ सन्जाल