काठमाडौं । सानिमा माई हाइड्रोपावरको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको खुद नाफा २५.४४ प्रतिशतले घटेको हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै नाफा समेत प्रभावित बनेको हो ।
सो अवधिसम्म संस्थाको खुद नाफा ४० करोड ७२ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५४ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १८.३४ प्रतिशतले घटेर ७६ करोड ३५ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ९३ करोड ५० लाख रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी ३ अर्ब ८ करोड रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १६ करोड रुपैयाँ र अन्य जगेडामा १ अर्ब २९ करोड रुपैयाँ रहेको छ। अ
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १३.१८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.६८ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ १७९.७६ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो २६.९३ गुणा रहेको छ।




