नयाँ टाटा पन्च ईभीको विशेष अफरको आज अन्तिम दिन, भोलिबाट मूल्य बढ्ने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा सार्वजनिक गरेको नयाँ ‘पन्च ईभी’को विशेष अफर आजबाट समाप्त हुँदैछ।

नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले १ लाख रुपैयाँको विशेष मूल्य लाभ उपलब्ध गराएको छ। त्यसअनुसार ग्राहकले नयाँ पन्च ईभी ३२ लाख ९९ हजार रुपैयाँमै बुकिङ गर्न सक्नेछन्।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को आज अन्तिम दिन भएकाले विशेष अफरको पनि आज नै अन्तिम दिन रहेको सिप्रदी ट्रेडिङले जनाएको छ। आजसम्म बुकिङ गर्ने ग्राहकले मात्र ३२ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा पन्च ईभी प्राप्त गर्न सक्नेछन्। भोलिबाट विशेष अफर समाप्त भई यसको सुरुवाती मूल्य पुनः ३३ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ।

त्यस्तै, एक्स्पोमा नयाँ पन्च ईभी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा समेत उपलब्ध गराएको छ।

नयाँ पन्च ईभी अत्याधुनिक ‘एक्टि.इभी’ प्लेटफर्ममा आधारित रहेको कम्पनीले जनाएको छ। यो मोडल ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालको सडक तथा अवस्थालाई ध्यानमा राखेर गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।

नयाँ पन्च ईभीमा १९५ एमएमको ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा तथा १.५C DC फास्ट चार्जिङ सुविधा रहेको छ।

त्यस्तै, यसमा भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस जस्ता सुविधा उपलब्ध छन्।

सिप्रदी ट्रेडिङका अनुसार नयाँ पन्च ईभीले आधुनिक प्रविधि, सुरक्षा, रेन्ज र सुविधालाई एकैसाथ प्रस्तुत गर्ने भएकाले नेपाली विद्युतीय सवारी बजारमा आकर्षक विकल्पका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *