काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई बिहीबार दिउँसो गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।
मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित शर्मा मेडिकल व्यवसायी हुन् । उनी काठमाडौं मेडिकल कलेज सिनामंगल र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।
शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको बताइएको छ ।




