पुरानो लाभांश लिन आउन सेयरधनीलाई एभरेस्ट बैंकको आग्रह

काठमाडौं । एभरेस्ट बैंकले भुक्तानी लिन बाँकी ५ वर्ष पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०५५/५६ देखि २०७४/७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

यो अवधिमा साधारण सेयर र अग्राधिकार सेयरको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले साधारण सेयरतर्फ यो अवधिको कुल ३ करोड २ लाख १५ हजार ६१८.२९ रुपैयाँ र अग्राधिकार सेयरतर्फ १ लाख ८६ हजार ३५०.७३ रुपैयाँ नगद लाभांश सेयरधनीहरुले भुक्तान लिन बाँकी छ ।

सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिएर बैंकको सेयर शाखामा नगद लाभांश रकम भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *