अर्थ सन्जाल
१६ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

एक सातामै किलोमा १४ रुपैयाँसम्म बढ्यो चामलको मूल्य, के गर्दैछ उपभोक्ता संरक्षण विभाग ?

'चामलको मूल्य अस्वाभाविक बढाउनेलाई हुन्छ ३ लाखसम्म जरिवाना'

  • रूपा घिमिरे
  • २४ श्रावण २०८०, बुधबार १९:३२


काठमाडौँ । पछिल्लो केही दिनयता बजारमा चामलको मूल्य अस्वाभाविक रुपमा वृद्धि भइरहेको छ । नेपालीको प्रमुख आहार दाल भात तरकारी हो । चामलको भाउ महंगिन थालेपछि भान्सा महंगो बनेको भन्दै सर्वसाधारण यतिबेला अताल्लिन थालेका छन् ।

भारतले लङग्रेन वा बासमती चामलबाहेक अन्य चामलको निकासीमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । यसको फाइदा नेपालका व्यापारीहरुले उठाउन थालेका छन् । चामल निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाएर व्यापारीहरूले भाउ बढाउन थालेका हुन् । बजारमा खपत हुने अधिकांश ब्रान्डका चामलको मूल्य बढेको छ । यतिखेर बजारमा चामलको मूल्य प्रतिबोरा २५० देखि तीन सय रुपियाँसम्म वृद्धि भएको छ । जसको असर सर्वसाधारण उपभोक्तामा परेको छ । आम उपभोक्तासँगै उपभोक्ता अधिकारकर्मीले व्यापारीले मौज्दात रहेको चामलकै मूल्य बढाउँदासमेत राज्यका जिम्मेवार निकाय मौन बसेको आरोप लगाउँदै आएका छन् ।

अनामनगरमा मकै पोल्दै आफ्नो गुजारा गरिरहेकी माया अधिकारी चामलको मूल्य वृद्धि भएको देखेर निराश छिन् उनी भन्छिन्-‘दिनभरी मकै पोल्यो कमाको पैसाले चामल किनेर खान पनि नसकिने भैयो ।यो महंगीमा बाँच्न सकिएला जस्तो छैन बालबच्चा कसरी पाल्ने ?,’ उनी हतास मनस्थितीमा प्रश्न गर्छिन् । माया र माया जस्ता धेरै मध्यम आय भएका नागरिकलाई अकाशिँदै गएको खाद्यान्नको मूल्यले पिरोल्न थालेको छ ।

एक सातामै किलोमा १४ रुपैयाँसम्म बढ्यो चामलको मूल्य 

अनामनगर क्षेत्रका किराना पसलमा बुझ्दा एक साताकै अवधिमा चामलको मूल्य किलोमा १४ रुपैयाँसम्म बढेको छ । एक साताअघि प्रतिकिलो ८२ रुपैयाँ पर्ने जिरा मसिनो चामल बढेर ९० रुपैयाँ पुगेको छ । ६२ रुपैयाँ पर्ने मोटा चामल ७६ रुपैयाँमा बिक्री भइरहेको छ ।

बनस्थली एरियामा चामल होलसेल व्यापार गर्दै आइरहेका व्यापारी भोला सापकोटाका अनुसार उत्पादकबाटै रेट भन्दा बढी राखेर सामान डेलिभरी भइरहेको बताए । ‘गत साताको अनुपातमा १० प्रतिशतले प्रति बोरा चामलमा मूल्य बढेको छ, केही समयअघिसम्म २हजार पर्ने चामल २३ सयसम्म भएको छ ।,’यो अफसिजन पनि हो चामलका लागि त्यसैले पनि बढेको हुनसक्छ उनले भने ।’अबको केही दिनमा घैया धान र अन्य गाउँले धान पाक्ने हुँदा बिस्तारै भारतले निर्यात रोकेपनि चामलको मूल्य घट्दै जाने सापकोटा बताउँछन् । यद्यपि कतिपय बिक्रेताहरुले पुरानै स्टकमा रहेका चामलमा समेत अस्वाभाविक रुपले मूल्य वृद्धि गरेको उपभोक्ताहरुको गुनासो छ ।

खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ चामलमा होलसेल मूल्यमै ब्रान्डअनुसार प्रतिबोरा ७५ रुपैयाँसम्म बढेको बताउँछन् । सरकारले पहल गरेर भारतको निर्णय उल्टाउन सकिए मूल्य पूनः पुरानै अवस्थामा आउने तर त्यसो हुन नसके थप मूल्य बढ्न सक्ने श्रेष्ठको भनाई छ । ‘हामी आयातमै निर्भर छौं, आयातकर्ता कम्पनीहरूले मूल्य बढाएपछि अन्यमा पनि बढ्नु स्वाभाविक नै हो,’ श्रेष्ठले भने, ‘सरकारले तत्काल कूटनीतिक पहल गरेर समस्या समाधान निकाल्नुपर्छ ।’ उनले बजार अनुगमन खुद्रा, होलसेलभन्दा कम्पनीमै गर्नुपर्ने बताए ।

के गर्दैछ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ?

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा समेत व्यवसायीले चामलमा अत्यधिक मूल्य बढाएको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बजारमा अनुगमन गरेर थोक होलसेल व्यापारीहरुसँग बिल बिजक मगाएर अध्ययन गरिरहेको बताए ।

बिल बिजक मगाउँदा पुरानो मिति र मूल्यमा खरिद गरिएको चामलमा मूल्य वृद्धि गरिएको भेटिए कारबाही हुने बताए । उनका अनुसार विभागबाट तीन टोली खटिएर गरेको अनुगमनका क्रममा १८ वटा खुद्रा पसलमा मसिनो चामलमा प्रतिबोरा १ सय ५० देखि २ सय रुपैयाँसम्म मूल्यवृद्धि गरिएको पाइएको छ । हाल जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम र विभागको गरी दैनिक ३ वटा संयुक्त टोलीमार्फत बजारमा अनुगमन भइरहेको उनको भनाई छ ।

अस्वाभाविक मूल्य बढाए के हुन्छ कारबाही ?

अत्यावश्यक खाद्यान्न चामलको मूल्य अनपेक्षित ढंगले बढाएको भेटिए वा प्रमाणित भए उपभोक्ता संरक्षण ऐन २०७५ आकर्षित हुने व्यवस्था छ । उपभोक्ता संरक्षण विभागका अनुसार यदी अनुगमनस्थलमै त्यस्तो कैफियत भेटिए ५ हजारदेखि ३ लाख रूपैयाँसम्म जरिबाना हुने छ । त्यतिमात्र नभई कसूरको मात्रा र प्रकृतिको आधारमा मुद्दासमेत दायर हुने विभागको भनाई छ ।

Artha Sanjal
मिती : २४ श्रावण २०८०, बुधबार १९:३२ बजे प्रकाशित

रूपा घिमिरे

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.