एभरेष्ट बैंकको लाभांश क्षमता सर्वाधिक बढी,सबैभन्दा तल पुग्यो नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

काठमाडौं । वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार औसतमा १८ दशमलव ०९ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता देखिएको छ।

गत आवमा २० वाणिज्य बैंकको लाभांश क्षमता ०.४६ प्रतिशतदेखि साढे ४० प्रतिशतसम्म छ । सबैभन्दा बढी क्षमता एभरेष्ट बैंकको र सबैभन्दा कम नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको छ । गत आवमा एभरेष्ट बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँका आधारमा सेयरधनीलाई ४०दशमलव ५० प्रतिशत लाभांश वितरणको क्षमता राख्ने देखिन्छ ।

गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार एनआईसी एशिया बैंकले गत आवमा ३ अर्ब ६९ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल कायम चुक्ता पुँजी ११ अर्ब ५६ करोड हुँदा बैंकले गत आवको नाफाबाट ३१दशमलव ९९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

गत आवमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७३ करोड वितरणयोग्य नाफा कमाएको छ भने चुक्ता पुँजी ९ अर्ब ४२ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २८.९९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्ने देखिन्छ ।

त्यस्तै सानिमा बैंकले गत आवमा २ अर्ब २० करोड वितरणयोग्य नाफा आर्जन गरेको छ । बैंकको हाल कायम चुक्ता पुँजी १२ अर्ब ४६ करोड छ । यसअनुसार गत आवको नाफाबाट बैंकले १७ दशमलव ७३ प्रतिशत लाभांश दिने क्षमता राख्छ । माछापुच्छे बैंकले गत आवमा १ अर्ब ५६ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १५दशमलव २९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नबिल बैंकले गत आवमा ३ अर्ब ९६ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १४ दशमलव ६४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ । कृषि विकास बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७१ लाख वितरणयोग्य नाफा कमाएको छ । चुक्ता पुँजी १३ अर्ब ४५ करोड हुँदा गत आवको नाफाबाट यो बैंकले सेयरधनीलाई १४दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

नेपाल एसबिआई बैंकले गत आवमा १ अर्ब ४१ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब १२ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३दशमलव ५९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ । राष्ट्रिय वाणिज्य बैंकले गत आवमा १ अर्ब ८१ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११दशमलव ५९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

लक्ष्मी सनराइज बैंकले गत आवमा १ अर्ब ९३ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८दशमलव ९४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ । एनएमबि बैंकले गत आवमा १ अर्ब ५५ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८दशमलव ४४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

ग्लोबल आइएमई बैंकले गत आवमा २ अर्ब ९५ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८दशमलव २७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ । सिटिजन्स बैंकले गत आवमा १ अर्ब ३ करोड वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ७दशमलव ३० प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नेपाल बैंकले गत आवमा ९७ करोड ३३ लाख वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६दशमलव ६२ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ । सिद्धार्थ बैंकले गत आवमा ७९ करोड ५७ लाख वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड हो । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ५दशमलव ६५ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

प्राइम बैंकले २० करोड ४८ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १दशमलव ०६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ । प्रभु बैंकले गत आवमा १६ करोड १६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोडअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ०दशमलव ६९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

गत आवमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १५ करोड ८३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड छ । यसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ०दशमलव ४६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

गत आवमा कुमारी र हिमालयन बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ । यी बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न सक्दैनन् । गत आवमा कुमारी बैंकको वितरणयोग्य नाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड हुँदा लाभांश क्षमता ३दशमलव२३ प्रतिशत नकारात्मक देखिन्छ ।

यस्तै गत आवमा हिमालयन बैंकको वितरणयोग्य नाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक छ । चुक्ता पुँजी १२ अर्ब ९६ करोड हुँदा बैंकको लाभांश क्षमता ५ दशमलव ४९ प्रतिशत नकारात्मक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *