एनआईसी एशियाको सेयर मूल्य सबैभन्दा उच्च, एभरेष्टले नबिललाई उछिन्यो

  • काठमाडौं । एनआईसी एशिया बैंकको सेयर मूल्य वाणिज्य बैंकमध्ये कै सबैभन्दा महँगो बनेको छ । मंगलबार एनआईसीको सेयर मूल्य प्रतिकित्ता ७५४ देखि ७८६ रुपैयाँसम्ममा किनबेच भएको छ । यस दिन बैंकको अन्तिम मूल्य ७७० रुपैयाँ १० पैसा पुगेर बन्द भएको छ ।

यस्ता नबिल बैंकलाई पछि पार्दै एभरेष्ट बैंक दोस्रो नम्बरमा उक्लिएको छ । सर्वाधिक लाभांश लाभांश दिन सक्ने क्षमता बनाएसँगै एभरेष्टको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ ।

एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ६०७ रुपैयाँ ७० पैसा पुगेको छ । दोस्रो स्थानमा रहेको नबिल बैंक तेस्रो स्थानमा झरेको छ । मंगलबार नबिल बैंकको सेयर प्रतिकित्ता ६०० रुपैयाँमा झरेको छ । सोमबारको तुलनामा नबिलको सेयर मूल्य १० रुपैयाँले घटेको हो ।

यो सँगै एभरेष्टको सेयर मूल्य प्रतिकित्ता नबिलको भन्दा ७ रुपैयाँ ७० पैसाले महँगो बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *