सुपरमाई हाइड्रोपावरको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म सुपरमाई हाइड्रोपावरको नाफामा गिरावट आएको छ । कम्पनीको खुद नाफा ५५.४० प्रतिशतले घटेर ५ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १२ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म कम्पनीको बिक्री आम्दानी ११.५३ प्रतिशतले घटेर २१ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्तापुँजी ५० करोड रुपैयाँ रहेको सुपरमाई हाइड्रोपावरको अन्य इक्विटीमा ५५ करोड ४५ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस ११.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११०.९१ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *