यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडाैं। नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी छापावाला सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाकै १ हजार ४२५ रुपैयाँमै किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *