काठमाडौं । वन तथा वातावरण मन्त्री डा.बीरेन्द्रप्रसाद महतोले वन संरक्षण ठूलो चुनौतीको रूपमा रहेको बताएका छन् ।
आइतबार राउण्ड टेबल नेपालको आयोजनामा काठमाडौँको टेकुमा आयोजित १ लाख वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले वृक्षारोपण गर्ने गरिए पनि त्यसको संरक्षण चुनौती बनेको बताए ।
‘वन लगाउन सफल भयौँ तर अब त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरा ठूलो चुनौतीको रूपमा रहेको छ । अहिले पनि जङ्गल भित्र काठहरू छन्। त्यसका्े प्रयोग गर्न सकिरहेका छैनौँ । बाहिरबाट काठहरू मगाउनु परिरहेको छ, उनले भने- ‘समृद्ध र हरियो नेपाल बनाउने तपाईँहरूको सोच र लक्षका कार्यहरू छ त्यसबाट सरकार पछि हट्दैन् । तपाईँहरूले जुनसुकै वेला पनि तपाईँहरूलाई चाहिएको सहयोग गर्न तयार छौं । म तपाईँहरू सँग छु ।’
मन्त्री महतोले बनलाई पनि रोजगारीसँग जोडिने बनाउनु पर्ने बताएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल