एभरेष्ट बैंकको नाफासँगै अधिकांश सूचकमा चमक, लाभांश क्षमता पनि सबैभन्दा बढी

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा नाफामा उल्लेख्य प्रगति गरेको छ । एभरेष्ट बैंक लाभांश क्षमतामा पनि वाणिज्य बैंकहरुमध्ये सबैभन्दा अगाडि देखिएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म यस बैंकको नाफा ३६.८५ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। बैंकको सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ रहेको छ। चुक्तापुँजी १० अर्ब ६९ करोड रुपैयाँ रहेको बैंकको लाभांश क्षमता ४२ प्रतिशत बढी रहेको छ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४३.७४ प्रतिशतले बढेर ७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १८ करोड रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन मुनाफा पनि ३६.५१ प्रतिशतले बढेर ४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ५४ करोड रुपैयाँ थियो ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ०.७९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ०.१२ प्रतिशत थियो । खराब कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर ७३ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जगेडा कोषमा १० अर्ब २२ करोड रुपैयाँ सञ्चित छ। बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३१.७२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २६.३० रुपैयाँ थियो। पीई रेसियो १७.७५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३८.३३ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *