साउन २८ गतेबाट चिरख्वा हाइड्रोपावरकाे आईपीओ बिक्री खुला गर्ने

काठमाडाैं । चिरख्वा हाइड्रोपावरले यही साउन २८ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गर्ने भएको छ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गर्नेछ।

कम्पनीले १०० अंकित दरका कुल ४ लाख कित्ता सेयर स्थानीयका लागि निष्कासन गर्नेछ। यो आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीयले खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले भोजपुरमा रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका स्थानीय शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा भदौ १० गते र ढिलोमा भदौ २५ गते बैंकिङ समयपछि हुनेछ।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने सेयरमध्ये १० प्रतिशतले हुन आउने ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला गर्नेछ। उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारमा रहेकाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले भदौ १० गतेसम्म आवेदन दिन पाउनेछन्।

यो आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *