काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । असार मसान्तसम्म बैंकले खुद नाफा ३४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३४.७९ प्रतिशतले कम हो । आघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५२ करोड ७१ लख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी ६.६७ प्रतिशतले बढेर १ अर्ब ८० करोड ४१ लाख ६० हजार रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६९ करोड १२ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यसअवधि बैंकको सञ्चालन नाफा ५० करोड ५१ लाख ७२ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ७४ करोड १२ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी ३ अर्ब २६ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष १ अर्ब ३ करोड ९१ लाख रुपैयाँ सञ्चित छ । बैंकको खराब कर्जा १.३९ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ४२ पैसा रहेको छ ।




