काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्दै छन् ।
अर्थ मन्त्रालयमा दिउँसो ३ बजे अर्थमन्त्री वाग्लेले वाणिज्य बैंकका सीईओहरुसँग छलफल गर्न लागेका हुन्।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरुलाई छलफलमा बोलाएका हुन् ।
छलफलमा नेपाल राष्ट्र बैकले (क) श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुने छन् ।
Facebook Comments Box




