

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५० प्रतिशत बोनस सेयर र करिबसहित २३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । लघुवित्तले लाभांश संशोधन गरी अब करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
तर राष्ट्र बैंकले गत वैशाख ४ गते पत्र पठाउँदै बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशत मात्र लाभांश वितरण गर्न अनुमति दिएको थियो । राष्ट्र बैंकको निर्णयलाई तत्काल कार्यान्वयन नगर्ने भन्दै नेष्डो अदालत पुगेको थियो ।
राष्ट्र बैंकद्वारा स्वीकृत १७.९३ प्रतिशत लाभांशले विद्यमान विषम परिस्थितिमा संस्थाको वित्तीय अवस्थामा प्रत्यक्ष नकरात्मक प्रभाव पार्ने भएकोले करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्न लागिएको लघुवित्त जनाएको छ । राष्ट्र बैंकको स्वीकृत भई र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ सन्जाल