सिद्धार्थ बैंकको नाफा सवा ३ अर्ब बढी, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा सिद्धार्थ बैंकले ३ अर्बभन्दा बढी खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद नाफा ९.९१ प्रतिशतले बढेर ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेर ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी ६ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ थियो ।

खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेर १ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ९.८३ प्रतिशत बढेर ४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाको यस्तो नाफा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ।

चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानी घटेको । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५३ पैसा घटेर २२ रुपैयाँ ६४ पैसामा सीमित भएको छ ।

असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ।

१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *