काठमाडौं । विद्युत् नियमन आयोगले लिबर्टी इनर्जी कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशनका लागि पूर्व स्वीकृति प्रदान गरेको छ। कम्पनीको साउन १५ गतेको निर्णयले कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले साउन ८ गते हकप्रद सेयर निष्काशनको पूर्व स्वीकृतिका लागि आयोगमा निवेदन पेस गरेको थियो । कम्पनीले आयोगबाट हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ५० करोडको ५० प्रतिशत अर्थात ७५ करोड रकम बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशनको स्वीकृति पाएको हो।
विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाइसकेको यस कम्पनीले निष्काशनको अन्तिम स्वीकृतिका लागि बोर्डमा निवेदन दिने छ। बोर्डबाट स्वीकृति भई साधारणसभाले अनुमोदन गरेपछि मात्र कम्पनीले सो हकप्रद सर्वसाधरणमा निष्काशन गर्नेछ ।




