सांग्रिला डेभलपमेन्ट बैंकको १११ औं शाखा गाईघाटमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै बि.पि.चोक, बैंक लाइन ,गाईघाट, त्रियुगा नगरपालिका वडा नं.११, उदयपुरमा शाखा संचालनमा ल्याएको छ ।

बैंकले सोमवार सो शाखा संचालनमा ल्याएको हो । गाईघाट शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १११ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत जनाएको छ

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *