काठमाडौं । टी–२० विश्वकप एसियन छनोटका लागि नेपाली महिला टोलीका २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाली महिला टिमकी पहिलो ब्याचकी खेलाडी तथा पूर्व कप्तान नेरी थापाले पनि पुनरागमन गरेकी छिन् ।
मलेसियामा हुने टी–२० विश्वकप एसियन क्षेत्रको छनोटका लागि अगष्ट २८ देखि सेप्टेम्बर ९ (भदौ ११ देखि २३) गतेबाट प्रतियोगिता सुरु हुँदैछ । नेपाली महिला टिमले समूह ‘ए’ मा रहेर बहराइन, भुटान, मलेसिया, कतार र यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।
२४ खेलाडीको सुचिमा नेरीसहित रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, रुबी पोडार, मनिषा चौधरी, सरस्वती चौधरी र ज्योती पाण्डे रहेका छन् ।




