एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ । आज सम्पन्न कम्पनीको विशेष साधारणसभाले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

कम्पनीले चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको १:०.६६ अनुपातमा अर्थात ६६ प्रतिशत हकप्रद सेयर जारी गर्दैछ । अब कम्पनीले हकप्रद सेयर निष्काशनको प्रक्रिया अगाडि बढाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *