

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन १३ गतेसम्म बैंकिङ प्रणाली अधिक तरलता ७९ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
साउन १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५६ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । गत साउन १० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५६ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो । यो ४ दिनको अवधिमा बैंकिङ प्रणालीबाट २ अर्ब रुपैयाँ बाहिरिएको छ।
यसैगरी यो ४ दिनको अवधिमा बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँले घटेको छ । गत साउन १० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४८ खर्ब ५० अर्ब रुपैयाँ रहेकोमा साउन १४ गतेसम्म घटेर ४८ खर्ब ४३ अर्ब रुपैयाँमा झरेको छ।
साउन १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । गत साउन १० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो। यो ४ दिनमा वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले घटेको देखिन्छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउन १० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो । साउन १४ गतेसम्म ६ अर्ब रुपैयाँले घटेर वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब ८४ अर्ब रुपैयाँमा झरेको छ।
गत साउन १० गतेसम्म अन्तरबैंक ब्याजदर ६.०५ प्रतिशत रहेकोमा साउन १४ गतेसम्म घटेर ५.४८ प्रतिशतमा झरेको छ।

अर्थ सन्जाल