काठमाडाैं । आज सेयर बजारमा सामान्य अंकले उकालो लागेको छ ।
यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५.८४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१०६.१८ को विन्दुमा पुगेको छ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.१८ अंकले घटेर ४०१.८५ को विन्दुमा पुगेको छ।
त्यसैगरी, नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटा समूहमा रातो पोतिएको छ । नेप्सेमा सूचीकृतमध्ये २६२ कम्पनीका ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर कारोबार रकम एक अर्ब ८५ करोड ८० लाख रुपैयाँ बढीको भएको छ ।
आज व्यापार समूह सर्वाधिक १.९७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह १.२६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.७४ प्रतिशत, विकास बैंक समूहमा ०.४६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.०६ प्रतिशत, लगानी समूहमा ०.१४ प्रतिशत, जीवन बीमा समूहमा ०.०२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०४ प्रतिशत र अन्य समूह ०.०८ अंकले उकालो लागेको छ।
आज जलविद्युत समूह सर्वाधिक ०.३७ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह ०.१० प्रतिशतले घट्दा म्युचुअल फन्ड समूहमा ०.०५ प्रतिशतको गिरावट आएको छ।
त्यसैगरी, शिवम सिमेन्टको ८ करोड ८ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।
आज सोल्टी होटेल, एसियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, प्रोग्रेसिभ फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स र नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।




