काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले आफ्नै वेवसाइटको सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना गतिविधीहरु वेवसाइमार्फत आफ्ना स्टेकहोल्डरहरुलाई जानकारी गराउने उद्देश्यका साथ साउन १२ गतेदेखि www.fmcl.org.np नामको वेबसाइट सञ्चालनमा ल्याएको हो ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रताप सुवेदीले कम्पनीको सम्पूर्ण जानकारी एकैठाउँबाट दिने उद्देश्यका साथ आधिकारिक वेवसाइट सञ्चालनमा ल्याएका हुन् । अध्यक्ष सुवेदीले लामो समयदेखि कम्पनी यथावत अवस्थामा सञ्चालनमा रहेकोमा आगामी दिनमा आवश्यक पुँजी जुटाई थप व्यावसायिक कार्यहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तत्कालिन समयमा कृषि विकास बैंक, बैंकका कर्मचारीहरु र सर्बसाधारण समेतको सहभागिता रहने गरी पूँजी रकमलाई घर जग्गा व्यवसाय, संगठित संस्थाहरुको धितोपत्र तथा ऋणपत्रहरु र अन्य सम्भाव्य क्षेत्रमा लगानी गरी उक्त लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने उद्देश्यका साथ यस कम्पनी २०५० साल चैत्र २३ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही चैत ३० गतेदेखि सञ्चालनमा आएको हो ।
यस कम्पनीको प्रबन्धपत्र र नियमावलीमा व्यवस्था भए अनुसार कम्पनीले स्थापनाकालदेखि नै घरजग्गा खरीद बिक्री, सेयर, वण्ड, डिवेन्चरहरुमा लगानी गर्ने व्यवस्था गर्दै आइरहेकोमा व्यवसाय विस्तार गर्ने उद्देश्यले विगत केही बर्षदेखि दोश्रो बजारमा सेयर खरिद बिक्री सम्बन्धी कारोबार गर्दै आइरहेको छ ।
अध्यक्ष सुवेदीले कोष व्यवस्थापन कम्पनीलाई महत्वपूर्ण सहयोग पुर्याउने संस्थापक सेयरधनी कृषि बिकास बैंक, हालका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कोष व्यवस्थापन कम्पनी लिमिटेडका स्थापनाकालीन नेतृत्व, पूर्व पदाधिकारी, सेयरधनीहरु तथा वर्तमान सञ्चालक समितिप्रति आभार समेत व्यक्त गरेका






