साउनको महिनामा आइएमई पेमा आयो नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’

काठमाडौं । आइएमई पेले साउन महिनामा नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ ।

यो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्नेछ। यस अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको रु. ५ हजारको भौचर प्रदान गरिनेछ ।

यो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तरालभरि कम्तीमा एकपटक आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ ।

अफर अन्तरालभरि प्रत्येक ५ दिनपश्चात गोला प्रथामार्फत २ जना विजेता छनौट गरिनेछ । विजेताको नाम सामाजिक सञ्जालमार्फत घोषित गरिने कम्पनीले जनाएको छ। सेवाग्राहीले जुनसुकै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।

विजेताले प्रिटी क्लिकमा गएर उक्त भाउचरको प्रयोग गर्न सक्ने छन् । यो अफर आइएमई पेका महिला सेवाग्राहीका लागिमात्र मान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *