

काठमाडौं । लक्ष्मी क्यापिटलले संचालन गरेको दुई वटा सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा भएको छ। लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले लाभांश गरेका हुन् ।कोष व्यवस्थापक लक्ष्मी क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार क्यापिटलले लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ८ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरेको छ । त्यस्तै लक्ष्मी उन्नति कोषका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ९.५ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा क्यापिटलले गरेको छ ।
लाभांश बितरणको लागि बुक क्लोज मिति भने पछि प्रकाशन हुने छ।
Artha Sanjal

अर्थ सन्जाल