

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । बोर्डले २५ करोड रुपैयाँभन्दा कम पुँजी भएका कम्पनीलाई पुँजीबजारमा ल्याउन सहजीकरण गर्ने भएको छ ।
बोर्डले कम पुँजीमा उद्यमी सुरु गरेका युवा उद्यमीलाई पुँजीबजारमार्फत लगानी जुटाउन सहयोग गर्ने उद्देश्यले यस्ता कम्पनीहरुलाई पुँजीबजारमा ल्याउन सहजीकरण गर्न लागेको हो ।
बोर्डले १० कित्ता नीति हटाएरै यस्ता कम्पनीलाई पुँजीबजारमा भित्र्याउन लागेको हो । यस्ता कम्पनीलाई १० कित्ता नीति न्यूनतम २ सय ५० कित्ताको व्यवस्था गर्न लागिएको बोर्डले जानकारी दिएको छ ।
Artha Sanjal

अर्थ सन्जाल