देउराली सहकारीका अध्यक्षले दर्ता गराए ५ अर्बभन्दा बढी रकम ठगीको उजुरी

काठमाण्डौ । २०८० साल बैशाख २० गते गठन भएको अनुचित लेनदेन (मिटरब्याज)को आयोग गठन भएको लगत्तै ललितपुरमा मात्र २०० भन्दा बढी मिटरब्याज पीडितले उजुरी दिएका छन् ।

ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेमा देशकै सबैभन्दा ठूलो मुद्धा समस्यामा परेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाँइ रहेका छन् । उनले १५ जना मिटरब्याजी विरुद्ध ५ अर्ब ४० करोड बराबरको मुद्धा ०८० असार १२ गते जिप्रका ललितपुरमा दर्ता गराएका छन् ।

सो मुद्धामा ०८० साल असार २५ गतेदेखि छानबिन सुरु भएको छ । छानबिन सुरु भए लगत्तै २ जना मिटरब्याजीले चलनचल्ती भन्दा बढी लगेको ब्याज फिर्ता गरेका मिटरब्याज पीडित चौलागाईँले बताए । उनले उजुरी दिएकामध्ये बाँकी १३ जनासँग ठूलो कारोबार भएको कारण छानबिन गर्न समय लागेको देखिन्छ ।

चौलागाइले दर्ता गरेको मुद्धामा सबैभन्दा धेरै कारोबार पुल्चोकका रोविन मर्हजनसँग भएको पाइएको छ । उनीसँग करिब ४ अर्ब करोबार भएको चौलागाइको दाबी छ । विवरण हेर्दा रोविन मर्हजनले चौलागाईँलाई दिएको कारोबार ६० करोड छ भने उनले चौलागाइसँग ४ अर्ब बराबर बैंकमार्फत लिएको देखिएको छ । सामान्य जग्गाको कारोबार गर्ने रोविन मर्हजनको ३ बर्ष यता करिव ६ अर्ब सम्पति थुप्रिएको स्रोतले बतायो ।

उनको ललितपुर सैबु भैँसेपाटी आवासभित्र ३ वटा घर, करिव ५० करोड मूल्य बराबारको सातदोबाटोमा २० आनामा आलिसान घर, करिव ३० करोडको बी एण्ड बी अस्पतालसँगै १७ आना जग्गा, २५ करोड बराबरको झम्सीखेलमा २३ आनामा आलिसान दरबार (जो ५५ करोड भन्दा बढीको छ, जहाँ उनी आफै बस्ने गरेका छन् ), झम्सीखेल डिएभी स्कुल मेनरोडमा २५ आनामा करिव ६० करोडको जग्गा, बखुन्डोल चैतन्य स्पा ३२ आनामा करिव ५० करोडको स्पा, सानेपामा १० आना जग्गा, इमाडोलमा १० आना जग्गामा घर रहेको स्रोतले बतायो ।
उनको व्यापार गर्ने साम्राट मार्केटिङ नाम गरेको छोराको नाममा रहेको कम्पनी समेत छ । उक्त कम्पनीमा माछापुच्छे्र बैकले ४ करोड कर्जा दिएको देखिन्छ ।

रोविन मर्हजनको पुच्वः नाम गरेको सहकारी पनि छ । उनका नगद करोबार कुमारीपाटी पञ्चशिल सहकारी, ज्योतीपुञ्ज सहकारी, पुच्वः सहकारीमा ठूलो कारोबार गरेको देखिन्छ । सामान्य व्यापारीको नाममा यी सहकारीले अरबौ कारोबार कसरी गरे ? जिल्ला प्रशासन कार्यालयले रोविनको सबै कारोबार मागि सकेको छ । उनको कारोबार माथि शंका उब्जिसकेको छ । उनको बैंक र सहकारी गरेर करिव ७ अर्ब जतिको कारोबारको कागजपत्र प्रशासन कार्यालयमा पुगिसकेको छ । अरु आउन बाँकी रहेको मिटरब्याज आयेगले बताएको छ ।

०८० सालमा समस्यामा परेको गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ अहिले जेलमा छन् । उनको नाममा पनि कारोबार देखिएका कारण उनलाई बयान दिनका लागि जिप्रका बोलाइएको थियो । दिवाकर श्रेष्ठले पनि रोविन मर्हजनले २ अर्ब मिटरब्याज लिएकोले आफ्नो सहकारीको पैसा फिर्ता दिन नसकेर जेल परेको बताउने गरेका छन् ।

रोविन लगायत अरु १२ जना रवि मर्हजन, विज्ञान भारी, देवेन्द्र आचार्य, मोहन घिमिरे, सुमन मर्हजन, सञ्जय अधिकारी, रुविन मर्हजन, सिताराम राउत, विवेक केसी, आशिस प्रधान सबै मिटरब्याजी भएको आराेप लागेकाे छ ।

प्रकाशित मिति : श्रावण १४, २०८० आईतबार  ५ : २३ बजे

45

Shares

facebook sharing button
twitter sharing button
whatsapp sharing button
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *