काठमाडौं । सरकारले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा थप हकप्रद सेयर लगानी गर्ने निर्णय गरेको छ। कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीमा सरकारका तर्फबाट थप हकप्रद सेयर लगानी गर्न सहमति दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै नेपाल पुनर्बिमा कम्पनीमा थप लगानी गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
त्यस्तै, सरकारले एसियाली विकास बैंक (एडीबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र दुई करोड अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद् बैठकका यी निर्णयबारे प्रवक्ता पोखरेलले जानकारी दिएका हुन्।




