

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले गत आर्थिक वर्षको अन्तिमसम्मको त्रैमासिक विवरण आज सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको खुद नाफा १०.४१ प्रतिशतले बढेको छ । यो अवधिसम्म बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ६० लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकको सञ्चालन मुनाफा पनि १३.४२ प्रतिशतले बढाउन सफल भएको छ। बैंकले असार मसान्तसम्म १ अर्ब ३० करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ७० करोड लाख रुपैयाँमा सीमित थियो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेर ५ अर्ब ८५ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।
बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.१९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.२२ प्रतिशत थियो ।
बैंकको जगेडा कोष पनि २४.५१ प्रतिशतले बढेर ६ अर्ब ७ करोड रुपैयाँको उचाइमा पुगेको छ। बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रहेको छ ।
बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको वार्षिकीकत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १५.५९ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १४.१२ रुपैयाँ थियो । पीई रेसियो ११.१० गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५०.०८ रुपैयाँ रहेको छ।

अर्थ सन्जाल