काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साढे ६ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ।
नेप्सेमा एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको कुल ६ लाख ५५ हजार ८६२.८६२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
अघिल्लो आर्थिक वर्षका लागि एनएमबि लघुवित्तले वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। अघिल्लो वर्ष यो लघुवित्तले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
Artha Sanjal






