सुनको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *