मौद्रिक नीति सन्तुलित छ, अर्थतन्त्र मजबुत बनाउँछ : अध्यक्ष केसी

काठमाडौँ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति सन्तुलित भएकाले अर्थतन्त्र मजबुत बनाउने प्रतिक्रिया दिएको छ । मौद्रिक नीति जारी भएपछि सोमवार आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिले उत्पादन क्षेत्रलाई प्राथमिकता दिएको र त्यसले उत्पादकत्व बढाउनेमा जोड दिए ।

राष्ट्र बैंकले कर्जा उत्पादनमूलक क्षेत्रमा लैजाने भनेको र यसले वास्तविक अर्थतन्त्रलाई बढावा दिने केसीको तर्क छ ।‘राष्ट्र बैंकले घर कर्जा, सेयर कर्जा र अटो कर्जामा सहजीकरण गर्दा सानो–सानो कर्जाको प्रवाह बढेर जाने छ’उनले भने ।‘ मौद्रिक नीतिको अन्तर्राष्ट्रिय र आन्तरिक अवस्थालाई हेर्दा प्राप्त उपलब्धिलाई जोगाएर सन्तुलित रूपमा अगाडि बढ्न खाजेको देखिएको छ । मौद्रिक नीतिले तय गरेको कर्जाको लक्ष्य पनि न्यून छैन,’उनको भनाई छ ।

केसीका अनुसार व्याजदर घटेको र थप घट्दै जानेछ । ‘व्यवसायीले ब्याजदर बढी भयो भनेका छन्, तर ब्याजदर घट्दो क्रममा छ उनले भने, यो अझै घट्ने देखिन्छ,’ ‘चालुपूँजी कर्जा मार्गदर्शनमा पनि पुनरवलोकन गर्ने भनिएको छ । यसले भैपरी आउने र सिजनल व्यवसाय गर्नेहरुलाई चालुपूँजी आवश्यक पर्नेहरूलाई सहयोग गर्छ भन्ने लाग्छ ।’‘गत वर्ष साढे ३ प्रतिशत मात्र कर्जा विस्तार भएकोमा यस वर्ष ११.५ प्रतिशतको लक्ष्य तोकिएको छ,’ संघका अध्यक्ष सुनिल केसीले भने, ‘यसअघि आर्थिक वर्ष ०७७/७८ मा ८सय अर्ब माथिको कर्जा विस्तार भएको थियो । त्यसबाहेकका वर्षमा ४७३ अर्ब भन्दा बढी भएकै छैन । चालु आर्थिक वर्षको लक्ष्य भेट्न पनि ७ सय अर्ब कर्जा विस्तार गर्नुपर्छ । किनभने डेढ खर्ब असुली पनि हुन्छ।,’

No description available.

हाउजिङ लोन २ करोडको सीमा पुर्याइँदा सिमेन्ट डन्डी लगायतको माग बढ्ने यसले उद्योगधन्दा चल्नुका साथै आन्तरिक रोजगारी बढाउन सहयोग मिल्ने र समग्रमा यसले आर्थिक गतिविधि बढाउन सहयोग हुने केसीको तर्क छ । विप्रेषण र विदेशी मुद्राको सञ्चितिमा भएको वृद्धिले अर्थतन्त्र सहज बन्दै गएको केसीको भनाइ छ ।

अध्यक्ष केसीले ब्याजदरको भद्र सहमति तोड्दा बैंकिङ क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा हुने बताए । सबै मिलेर सहमति गरेर ब्याजदर खुला छाडिएको उनको भनाइ छ । ‘ब्याजदर खुला छाड्दा निक्षेपकर्ताले नै फाइदा लिने हुन्, अहिले खुला छाडेको ब्याजदर अब दीर्घकालीन रुपमा जान्छ,’ उनले भने । बैंकको नाफा धेरै भन्न नमिल्ने बताए । ‘कुनै बेला २४ प्रतिशत रहेको लगानीमा प्रतिफल (आरओई) अहिले घटेर ११ प्रतिशत हाराहारीमा झरेको छ, यसलाई बढी भन्न मिल्दैन,’ उनले भने ।संघका उपाध्यक्ष सन्तोष कोइरालालले ब्याजदर निर्धारणको जिम्मा बजारलाई छाडिएको र यसले भविष्यमा राम्रो प्रभाव पार्ने बताए ।

यता निजी क्षेत्रले भने नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने प्रतिक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त आफ्नो धारणा सार्वजनिक गर्दै मौद्रिक नीतिमा गरिएका अधिकांश व्यवस्थाको प्रभाव यस सम्बन्धी निर्देशिका सार्वजनिक नभई यकिन हुन नसक्ने देखिएको निजी क्षेत्रले जनाएको हो ।

उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगन लगायतका विद्यमान अर्थतन्त्रका चुनौतीहरूको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा निजी क्षेत्रको थियो । तर, मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले लिएको नीतिले अर्थतन्त्रलाई मन्दिको अवस्थाबाट उकास्न सहयोग नपुग्ने उनीहरूको तर्क छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *