ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावितहरुका लागि बिक्रि खुला गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले यस अघि आईपिओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब म्याद थप गरि फागुन २३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
कम्पनीले फागुन २ गतेदेखि साधारण सेयर आईपिओ बिकी खुला गरेको हो। कम्पनीले आयोजना प्रभावित ओखलढुंगा र रामेछापवासीहरुका लागि साधारण सेयर निष्काशन गरेको हो।
आईपीओ बाड़फाड पश्चात कम्पनीको पुजी ३ अर्ब १२ करोड पुग्नेछ।
Artha Sanjal






