आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

सोमबार अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ १७ पैसा र विक्रीदर १२० रुपैयाँ ७७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो आज १ को खरिददर १३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३६ रुपैयाँ १० पैसा छ ।

युके पाउन्ड स्टलिङ १ को खरिददर १६१ रुपैयाँ ११ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९२ पैसा कायम छ । कतारी रियालको १ को खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा छ ।
जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४५ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *