कामना सेवा विकास बैंकका ग्राहकलाई नेपाल हाउस रेस्टुरेन्टमा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार प्रालिबीच सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले बालुवाटार, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट हुनेछ ।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले लाभ लिन सक्ने बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *