उपाधि जित्न पाकिस्तानले दियाे भारतलाई ३५३ रनकाे लक्ष्य

मेन्स इमर्जिङ कप क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्दै छन् । पहिले ब्याटिङ गरेकाे पाकिस्तानले जितका लागि भारतलाई ३५३ रनकाे लक्ष्य दिएकाे छ । भारत अहिले जवाफी ब्याटिङमा रहेकाे छ । सेमिफाइनलमा पाकिस्तानले घरेलु टोली श्रीलंकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएपछि भारतले बंगलादेशमाथि जित निकाल्दै यी दुईबीच उपाधिकाे लागि भिडन्त भएकाे हाे ।

नेपालले समूह चरणमै पाकिस्तान र भारतको सामना गर्दा दुवैसँग पराजय भोगेपछि प्रतियोगिताबाट बाहिरिएको थियो । अन्तिम खेलमा युएईलाई पराजित गर्दै नेपालले सान्त्वना जित भने हात पारेको थियो ।

समूह चरणमै नेपालविरुद्ध जित निकालेका टोली नै उपाधिका लागि भेट भएका हुन । समूह चरणमा भारत र पाकिस्तान आमने सामने हुँदा बाजी भारतले मारेको थियो ।

आजको फाइनल जित्दै समूह चरणमा भोगेको हारको बदला लिने दाउँमा पाकिस्तान रहेकाे छ भने अपराजित यात्रा कायम राखेकाे भारतले उपाधि जित्न खेलिरहेकाे छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *