अछाम । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दिर्घ विक रहेका छन्। दुर्घटनामा परेर ३३ जना घाइते भएका छन्।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ । घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको कालिकास्थान स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घुम्तिमोडमा ट्याक्टर मोड्ने क्रममा दुर्घटना भएको बुझिएको छ।
Artha Sanjal






