मौद्रिक नीति आएसँगै यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजार उछाल आएको छ । आज सेयर बजारमा ६३.२४ अंकको उछाल आएको हो ।

आज सेयर बजार मापक नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ को विन्दुमा उक्लिएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहममा हरियाली छाएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २६६ कम्पनीका १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँमा कारोबार भएकाे छन्।

शिवम सिमेन्टको सर्वाधिक १४ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आज ज्योति विकास बैंकको १३ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको आज ग्लोबल आइएमई बैंकको १२ करोड ३४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड १२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ११ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको १० करोड ५४ लाख रुपैयाँ, एभरेस्ट बैंकको ९ करोड ६९ लाख रुपैयाँ, नबिल बैंकको ९ करोड ४१ लाख रुपैयाँ, प्रभु बैंकको ९ करोड १० लाख रुपैयाँ र चन्द्रागिरी हिल्सको ८ करोड ९६ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *