अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको वार्षिकोत्सवमा विविध कार्यक्रम

  • अर्थ सन्जाल
  • ७ श्रावण २०८०, आईतवार ११:१७


काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहबीच वार्षिकोत्सब मूल कार्यक्रमको उदघाटन गरेका थिए। कार्यक्रममा महासचिव पोखरेलले उत्कृष्ठ कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरिसकेका संस्थानहरुका कर्मचारीको सेवासुविधा वृद्धिमा सरकारले सहयोगपूर्ण रुपमा हेर्ने नीति लिनुपर्ने बताए।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेयले कर्मचारीहरुको तर्फबाट उचित ढंगले राखिएका सम्पूर्ण मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए।

कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालेले आफ्नो हकहितका लागि सम्पूर्ण पेसाकर्मीहरु एक हुनुपर्नेे बताए।

कार्यक्रममा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्वअध्यक्ष शिवकुमार अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

कार्यक्रममा पेसागत हकहित तथा संस्थाको सम्वर्द्धनका विषयमा व्यापक रुपमा विषयहरु उठान गरिएको थियो।

कर्मचारी संघ नेपालका महासचिव रबिन्द्रप्रसाद चौलागाईंबाट सञ्चालित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठक, संघका पूर्वअध्यक्षहरु, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड युनियनका अध्यक्षहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उपकीार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु, संघका पदाधिकारलगायत कर्मचारीहरुको भव्य उपस्थिति थियो।

वार्षिकोत्सवका अवसरमा रा.वा. बैंकको केन्द्रीय कार्यालय परिसरमा लक्ष्मीप्रसाद पाण्डेयले संघको झन्डोत्तलन र वृक्षरोपण गरेका थिए।

संघका विभिन्न प्रदेश समितिहरुमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ। साउन ४ गते आयोजित रक्तदान कार्यक्रममा ७१ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए।

कार्यक्रममा गण्डकी प्रादेशिक समितिलाई कार्यसम्पादन मूल्यांकनमा उष्कृष्ठ भएबापत रनिङ शिल्ड प्रदान गरिएको थियो। साथै, सो अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता सञ्चालन गरिएको थियो। सो खेलमा प्रथम बसन्ता पन्थी, द्धितीय भावना शर्मा र तृतीय गंगा भुर्तेल भएका थिए। विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

वार्षिकोत्सवको अवसरमा राविया नेपाल रिलिफ फण्डको सहयोगार्थ शनिबार काठमाण्डौमा राविया सांस्कृतिक साँझ–२०८० समेत आयोजना गरिएको छ।

Artha Sanjal
मिती : ७ श्रावण २०८०, आईतवार ११:१७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

१८.६० अंकले ओरालो लाग्यो सेयर बजार, १३ वटै सूचक राताम्मे

आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने

चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

ताजा समाचार

  1. १८.६० अंकले ओरालो लाग्यो सेयर बजार, १३ वटै सूचक राताम्मे
  2. आईपीओ भर्दा बैंक खातामा पैसा नभए तुरुन्तै रिजेक्ट हुने
  3. चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)
  4. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  5. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  6. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  7. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.