राष्ट्रपतिले गरे संसद् अधिवेशन अन्त्य

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को १३ असोजकाे सिफारिसका आधारमा अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०६/१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *