नेप्सेमा सवा ३ लाख बढी कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ लाख १६ हजार बढी कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा हिमालयन लघुवित्त वित्तीय संस्थाको ३ लाख १६ हजार ९३६.८८५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यो लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सो आर्थिक वर्षमा लघुवित्तले ११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

सिभिल लघुवित्तको नाम परिवर्तन भई हिमालयन लघुवित्त भएको हो । नेप्सेको साउन ३ गतेको निर्णयबाट सिभिल लघुवित्तको नाम परिवर्तन गरी हिमालयन लघुवित्त कायम गराएको हो। नेप्सेले हिमालयन लघुवित्तलाई एचएलबीएसएल कारोबार संकेत प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *