

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको विमानस्थल स्रोतले जनाएको छ ।
नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको हो ।
मंगलबार मात्रै विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको अवस्थामा करिब सय केजी सुन बरामद भएकाे थियाे। मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद भएकाे थियाे। बरामद भएकाे उक्त सुन परीक्षणका लागि टक्सार विभाग लगिएकाे छ।
Artha Sanjal

अर्थ सन्जाल