सेयर बजारमा सामान्य गिरावट, ३ अर्बको कारोबार

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा सामान्य गिरावट आएको छ । सेयर बजार मापक नेप्से परिसूचक १.३१ अंकले ओरालो लागेर २१६३.९२ को विन्दुमा झरेको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.०५ अंकले बढेर ४१०.५२ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर ३ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। आज नेप्से सूचीकृतमध्ये २६४ कम्पनीका ८४ लाख २४ हजार १०८ कित्ता सेयर ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ रुपैयाँमा कारोबार भएका छन्।

त्यसैगरी, व्यापार समूह सर्वाधिक ६.३५ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.३९ प्रतिशत बढ्दा जलविद्युत समूहमा ०.९४ प्रतिशत, विकास बैंकमा ०.२६ प्रतिशत र बैंकिङ समूहमा ०.०९ प्रतिशतको बढोत्तरी भएको छ।

आज म्युचुअल फन्ड समूह सर्वाधिक १.२१ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १.१२ प्रतिशतले घट्दा वित्त समूहमा ०.७९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३६ प्रतिशत, लगानी समूहमा ०.४३ प्रतिशत, जीवन बीमा समूहमा ०.९९ प्रतिशत, लघुवित्त समूहमा ०.६१ प्रतिशत र अन्य समूहमा ०.४८ प्रतिशतको गिरावट आएको छ।

आज, शिवम सिमेन्टको सर्वाधिक १४ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

त्यसैगरी, सोल्टी होटेल, हिमालयन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी, एसटीसी, युनाइटेड अजोड इन्स्योरेन्स, कुमारी बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक  कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *