काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीकाे मूल्य महँगीदै गएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै छापावाला सुन प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ।
हिजो पनि तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला छापावाला सुन १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि नयाँ उचाइमा पुगेको छ। तोलामा ५ रुपैयाँले बढेर आज चाँदीको भाउ १ हजार ४९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।




